जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार १९:१४

यी हुन मकवानपुरबाट एमाले महाधिवेशनका लागि छानिएका १७ जना प्रतिनिधि


हेटौंडा, कात्तिक २६ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिएका छन् । सर्वसम्मत रूपमा निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट र फुर्बा दोर्जे लामा छानिनु भएको हो । त्यस्तै महिलातर्फ जुनेलीमाया श्रेष्ठ र सीता विष्ट चुनिनु भएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट सुवास चन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा, बिष्णुप्रसाद ढकाल छानिदा महिलातर्फ बरिना बल तामाङ र सुमित्रा काफ्ले अनि दलित कोटाबाट नारायण गजमेर महाधिवेशन प्रतिनिधि चयन हुनुभएको एमाले मकवानपुरले जनाएको छ ।