जनता टाइम्स

११ असार २०७६, बुधबार १६:३६

अमेरिकामा नेपाली विद्यार्थी राज बज्राचार्यलाई कग्रेसनल अवार्ड


अमेरिका, असार ११

न्युयोर्कको गिफ्टेड एण्ड ट्यालेन्टेड स्कूल ट्याग योंग स्कोलर्स स्कुलमा अध्ययनरत नेपाली विद्यार्थी राज वज्राचार्यले स्पेसल कंग्रेसनल रेकजनिजेसन अवार्ड पाएका छन । बज्राचार्यले बिद्यालयमा राम्रो अध्ययन गरे बापत यु एस कंग्रेसम्यानको तर्फबाट स्पेसल कंग्रेसनल रेकजनिजेसन अवार्ड पाएका हुन ।

उनलाई मिडल स्कूलको ग्रेजुयसनमा बिद्यालयले पनि स्लालुलेटोरियन सम्मान दिएका थिए । वज्राचार्य न्युयोर्क भरिको बिद्यार्थीहरु मिडल स्कुल सकेर हाईस्कुल जाने बेला दिने एस एच एस ए टि टेष्टमा न्युयोर्क भरिकै विद्यार्थीहरुमा सबै भन्द उच्च अंक ल्याउने विद्यार्थी हुन ।

‘मिडल स्कुल भरिकै बिध्यार्थीहरुमा मिडल स्कुल अध्ययन अवधिभर राम्रो ब्यवहार, उच्च अंक र पढाईमा राम्रो दक्षता देखाई सर्वश्रेष्ठ हुने बिद्यार्र्थीहरुलाई दिंदै आएको यो पुरस्कार राजले पाएकोमा हामी निकै खुशी छौं,’ राजका पिता रबिन वज्राचार्यले जनताटाइम्ससँग भन्नुभयो । उहाँले आफ्नो सन्तानले गरेको यो प्रगति सवै नेपालीको शीर माथि उठाएको अनुभुतिसमेत सुनाउनु भयो ।