जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार १८:१०

एमाले महाधिवेशनका लागि अखिलले छान्यो प्रतिनिधि


काठमाडौं, कात्तिक २७ । नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच जना प्रतिनिधि चुनिएका छन् । अखिलले अध्यक्ष सुनिता बरालसहित पाँच जना प्रतिनिधि चयन गरेको हो ।

जसअनुसार बरालसहित आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बडाल र निशा अधिकारी महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । अध्यक्ष बरालका अनुसार सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरिएको हो । महाधिवेशनका लागि एमालेले भूगोलसँगै जनवर्गीय संगठनबाट धमाधम प्रतिनिधि चयन गरिरहेको छ ।