जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १०:०१

इक्वेडरको जेलमा कैदीहरुबीच झडप : ६८ जनाको ज्यान गयो


काठमाडौं, २८ कार्तिक । इक्वेडरको एउटा जेलमा कैदीहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको ज्यान गएको छ ।गाकुइल सहरमा रहेको जेलमा झडप भएको हो । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौँको सङ्ख्यामा सेना परिचालन गरिएको छ ।झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विस्फोटक पदार्थ र बन्दुक फेला पारेको बीबीसीले जनाएको छ ।

यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा दुई सयभन्दा धेरैको ज्यान गइसकेको छ ।यो जेलमा गएको असोजमा पनि झडप भएको थियो । त्यसबेला सय जनाभन्दा धेरैको ज्यान गएको थियो।यसअघि गएको फेब्रुअरीमा पनि तीन वटा जेलमा झडप भएको थियो । ती घटनामा कम्तीमा ७९ जनाको ज्यान गएको थियो । मेक्सिकोका माफिया समूह र तस्करको प्रभाव बढेकाले इक्वेडरका जेलमा बारम्बार झडपका घटना हुँदै आएको त्यहाँका सुरक्षा अधिकारले बताएका छन्।