जनता टाइम्स

२९ कार्तिक २०७८, सोमबार १३:४५

युवराज संग्रौलाको आक्रोश : सबै न्यायाधीश राजीनामा देऊ, भुपू प्रधानन्यायाधीशहरू माफी माग


काठमाडौं, कात्तिक २९ । बरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरासँगै अन्य न्यायाधीशहरूमाथि पनि पश्न उठेकाले सबैलाई राजीनामा दिएर न्यायपालिका शुद्धीकरणमा सघाउन आग्रह गर्नुभएको छ । बरिष्ठ अधिबक्ता संग्रौलाले सामाजिक सञ्जालमार्फत तीन बुँदे सुझाव सार्वजनिक गर्दै टीका लगाएर न्यायाधीश बनाइएको दोष लागेका सबैले राजीनामा दिनु उपयुक्त हुने बताउनु भएको हो ।

‘न्यायाधीशको बारेमा जब विवाद उठ्छ उसले न्यायको मर्यादाका लागि राजीनामा दिनुपर्छ । मेरो अनुरोध हो जब तपाईंहरूको नियुक्तिका बारेमा प्रश्न उठेको छ, न्यायको जग जोगाउन राजिनामा दिनुहोस् । इतिहासले सबै राम्रालाई मूल्यांकन गर्ने छ,’ संग्रौलाले भन्नुभएको छ ।

यस्तो छ संग्रौलाको तीन बुँदे सुझाव

न्यायीक अवधारणा बिनाको न्यायाधीश न्याय माथीनै घात हो भन्ने कुरा नियुक्ति गर्नेहरुले बुझ्नु पर्ने थियो। एउटा कुरा सत्य हो, यदि न्यापालीला ध्वस्त भयो भने लोकतन्त्र रंहदैन। राजनीति दलका नेताले यो अहिले तत्काल बुझ्नु पर्ने अवस्था छ।

१. एउटा कुरा सत्य हो, हिजो गोजीबाट टीपेर नियुक्ति गरेकै हो। त्यो नियुक्ति गर्नेमा राणा मात्र होइन अरु भु पु प्रधान न्यायाधीश पनि दोषी छ्न, उनिहरुले पनि आफ्नो जिम्मेवारी लिनु पर्छ र सार्बजनिक माफी माग्नु पर्छ।

२. न्यायाधीशको बारेमा जब विवाद उठ्छ उस्ले न्यायको मर्यादाका लागि राजीनामा दिनु पर्छ। मेरो अनुरोध हो जब तपाईहरुको नियुक्तिका बारेमा प्रश्न उठेको छ, न्यायको जग जोगाउन राजिनामा दिनुहोस। इतिहासले सबै राम्रालाई मुल्यांकन गर्ने छ।

३. समाज लथालिङ्ग भयो भने हामी बस्ने घर कांहा रहन्छ? धन सम्पत्ति ले के गर्दो रहेछ? अस्ति अफगानिस्तानमा देखीएन र? तेसैले नेपाललाई बस्न लाएकको देश बनाउन, सबै नागरिकले सोच्ने बेला आइस्क्यो। अहिले न्यायापालीका जोगाउन नसक्दा यो संबिधान जोगाउन सकिन्न। अर्थात यो राजनीतिक ब्यवस्था रहंदैन।

तेसैले प्रधान न्यायाधीशले राजिनामा दिनुको विकल्प छैन। सर्बोच्च अदालतका कर्मचारीले उठाएको माग जायज छ टीका लगाएर न्यायाधीश बनाइएको दोष लागेका सबैले राजीनामा दिनुहोस। राम्रालाइ फेरि नियुक्त गर्दा हुन्छ। राजनीतिक मन्चमा लगेकालाइ बिदा गर्नुको बिकल्प छैन। जो हिजो कुनै राजनीति भातृ संगठनमा रहेको अभिलेख छ उस्ले राजीनामा दिनु पर्छ। न्यायापाली शुद्ध हुनु पर्छ।