जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १६:३९

रसुवाले छान्यो एमाले महाधिवेशनका लागि सात जना प्रतिनिधि


रसुवा, कात्तिक ३० । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि रसुवाले प्रतिनिधि चयन गरेको छ । रसुवाले आकांक्षीबीच छलफल गराई सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।

एमाले रसुवाका अनुसार महाधिवेशनका लागि कर्णेल लामा, जनार्दन ढकाल, छोवाङ तेन्जिन तमाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट खुल्लामा प्रतिनिधि चयन हुनुभएको छ । यसैगरी महिलातर्फ शुभद्र देबकोटा र दलिततर्फ चमेली सुनुवार चयन हुनुभएको छ ।