जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार ०८:५१

एमाले बागमति प्रदेशले छान्यो महाधिवेशन प्रतिनिधि



काठमाडौं, मंसिर २ । नेकपा एमाले बागमति प्रदेश कमिटीले पाँच जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । अध्यक्ष आनन्द पोखरेलका अनुसार केन्द्रीय कार्यालयको अपानि १३, १४ को निर्देशन अनुसार दुई महिला र तीन जना पुरुष गरी पाँच जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको हो ।

बागमतिबाट शान्ति अधिकारी काठमाडौं, अप्सरा चापागाई ललितपुर, अन्नत पौडेल मकवानपुर, लालकुमार केसी दोलखा र पुर्ण बुढा मगर चितवन महाधिवेशन प्रतिनिध चयन हुनुभएको हो ।