जनता टाइम्स

५ मंसिर २०७८, आईतवार ०८:२३

भक्तपुर क्षेत्र नम्बर १ मा खड्का सभापतिमा निर्वाचित


भक्तपुर, मंसिर ५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट भक्तपुर क्षेत्र नम्बर १ (क) मा सभापति चयन भएको छ । जिल्लाको क्षेत्रको नम्बर १ (क) चाँगुनारायण प्रदेश सभापतिमा जयन्द्र खड्का विजयी हुनुभएको छ । खडकाले प्रत्यासित जनक खत्री र मधुराम ढुंगानालाई क्रमश ४० र १२९ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो । खड्काले १४७ मत पाउँदा खत्रीको १०७ र ढुंगानाले १८ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपसभापतिमा रमेश केसी र दिनेश अवाल बिजयी बन्नुभयो । । सचिवमा रोशन तिमिल्सिना र शिवहरी थापा निर्वाचित हुनुभएको छ । संजीव पुरी र सरिता थापा उपसचिव पदमा चुनिनुभएको छ । खुलातर्फको प्रदेश प्रतिनिधि आदिवासीतर्फ लक्ष्मण श्रेष्ठ र ज्ञानेन्द्र तामाङ, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्यतर्फ राजकुमार खड्का र दधिराम खड्का, यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खस आर्य महिलामा संगीता दुलाल चुनिनुभएको छ ।

यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि खुलामा माधवप्रसाद न्यौपाने, शिवराम पुरी, गणेशप्रसाद फुयाँल, जोशना बस्नेत र सुमन तामाङ र यस्तै खुलातर्फको प्रदेश प्रतिनिधि महिलामा साधना मल्ल ठकुरी, निर्मला केसी र मिरा वाग्ले थापा निर्वाचित हुनुभएको छ ।