जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १४:३८

मेस्सीको गोल, पीएसजीको जित


काठमाडौं, ५ मंसिर । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे ।

खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले अघि रह्यो । खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाउनुभयो । मेस्सीको यो पहिलो लिग वान गोल हो ।यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।