जनता टाइम्स

१२ असार २०७६, बिहीबार १६:१८

एसईई को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस


काठमाडौं, असार १२

एसईई को नतिजा सार्वजानिक भएको छ।

कुल चार लाख ७५ हजार तीन जना सहभागि विद्यार्थीमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए।

सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले ३‍.६ देखि ४ जिपिएसम्म (ए प्लस) ल्याएका छन्। 

५१ हजार १ सय ३७ विद्यार्थीले  ३.२ देखि ३.६ जिपिएसम्म (ए) ल्याएका छन्। 

सबैभन्दा बढी ९८ हजार २ सय ७ विद्यार्थीले २ देखि २.४ जिपिएसम्म(बि माइनस) ल्याएका छन्। 

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो। देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । 

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।