काठमाडौं, असार १२
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलकी सचेतक शान्ता चौधरी एसइइ परीक्षामा पास हुनु भएको छ । बिहीबार सार्वजनिक भएको नतिजामा सांसद चौधरीले ग्रेड बि ल्याउनु भएको हो ।
नतिजा सार्वजनिक भएपछि उहाले आफ्नो अथक मेहनत सफल भएको प्रतिक्रिया दिनुभयो । ‘नतिजा निस्केपछि बुझ्दा मेरो बी ग्रेड आएको थाहा भयो,’ उहाले भन्नुभयो, ‘मेरो मेहनत सफल भएको ठानेकी छु ।’ नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्