जनता टाइम्स

१२ असार २०७६, बिहीबार १७:४५

एसईई परीक्षामा १६ हजारले ल्याए ‘ए प्लस’


भक्तपुर, असार १२

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ परीक्षार्थीले ए प्लस ल्याएका छन । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा सो संख्यामा ए प्लस ल्याएका हुन ।

प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५ सय ९६ छात्र र सात हजार २८६ छात्रा रहेका छन । यस्तै, ४८ हजार ९ सय ६० परीक्षार्थीले ए जीपीए ल्याएका छन । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, ७४ हजार ११० परीक्षार्थीले बी जीपीए ल्याएका छन । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा रहेका छन ।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन । यसैगरी ९७ हजार २९९ ले सी प्लस ल्याएका छन । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २ सय ९ परीक्षार्थी रहेका छन । जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन ।

यसैगरी ४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन । यस्तै चार हजार ४२९ जनाले डी जीपीए ल्याएका छन । जसमा १८६६ छात्र र २५६३ छात्रा रहेका छन । गत बर्षको चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागी थिए । परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एसइइको नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन । यस्तै टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजा थाहा पाउन सक्ने छन् । सँगै परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा समेत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।