जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १०:२७

कांग्रेस दार्चुला सभापतिमा पौडल पक्षीय बोहरा पुनः निर्वाचित


दार्चुला, मंसिर ११ । नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी हुनुभएको छ । कांग्रेसको सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा पुनः विजयी हुनुभएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बोहरा दोस्रो पटक जिल्ला सभापति बन्नुभएको हो । कुल ९ सय ५६ मत खसेकोमा बोहराले ६ सय २० मत प्राप्त गर्नुभयो भने धामीले ३ सय ९ मत प्राप्त गर्नुभएको छ । २७ मत बदर भएको छ ।

उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित हुनुभएको छ । यस्तै सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी हुनुभयो । सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादु बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित हुनुभएको छ ।

कांग्रेस दार्चुलाको ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो ।