जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १४:४४

पहिलो हाफमा च्यासल र एपीएफको बराबरी


काठमाडौं, ११ मंसिर । सहिद स्मारक एु डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र एपीएफले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।

आज च्यासल पहिलो जितको खोजीमा हुनेछ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो । एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।