जनता टाइम्स

११ मंसिर २०७८, शनिबार १७:११

नेपालको कम्युनिष्ट आन्दोलनबाट हामी प्रेरित छौं : भारतीय नेता गुप्ता


चितवन, ११ मंसिर । सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताउनुभयो । उहाँले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताउनुभएको छ । नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रमा उहाँले भन्नुभयो,‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ ।

हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’ उहाँले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताउनुभयो ।