जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १४:१३

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट


सिड्नी, १२ मंसिर । अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए । परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो ।

संक्रमित दुबै जनाले पूर्ण खोप लगाउनुभएको थियो । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उहाँहरु सबै जना क्वारेन्टिनमा हुनुहुन्छ । त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताउनुभएको छ ।