जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १८:१०

कांग्रेसको कञ्चनपुर सभापतिमा बोगटी निर्वाचित, अरु पदाधिकारी को-को जिते ?


धनगढी, मंसिर १२ । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित हुनुभएको छ । रमेश लेखक निकट बोगटीले ८०६ प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एनपी साउँद पक्षका बहादुरसिंह थापाले ७१५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापतिमा एनपी साउँद निकट थापा प्यानका मीनबहादुर सिंह र हरि चन्द्र राना विजयी हुनुभएको छ । उहाँहरूले क्रमशः ७ सय ८६ र ७ सय ६३ मत प्राप्त गरी बिजयी हुनुभएको हो । त्यसैगरी सचिवमा थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी हुनुभएको छ । उहाँहरूले क्रमशः ७ सय २८ र ६ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

सहसचिवमा दुवै प्यानलबाट एकरएक जना निर्वाचित भएका छन् । थापा प्यानलका नाफुसिंह साउँद र बोगटी प्यानलबाट पुस्कल चौधरी निर्वाचित हुनुभएको हो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए । शनिबार भएको निर्वाचनमा कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो ।