जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ०९:४७

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ, सार्वजनिक गर्दै प्रहरी


काठमाडौं, असार १३

काठमाडौंको भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् । युवतीलाई यातना दिने विष्णु कुँवरलाई आज बिहान बालाजुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले अहिले ११ बजे उनलाई सिरिन्ज आक्रमणमा संलग्न भएकालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । पक्राउ परेका दुवै जनालाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ। एक हप्ताअघि सैनिक मुख्यालय नजिकै रहेको भद्रकाली मन्दिरमा एक युवतीलाई बोक्सीको आरोप लगाउँदै कुँवरले यातना दिएकी थिइन्। जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। साथै सो बेला उनिसँगै प्रहरीले समेत सुरक्षा दिएको थियो ।

१ भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ । कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।