काठमाडौं, १३ मंसिर । नेकपा एमालेको जारी महाधिवेशनले दुई वटै आयोगको नेतृत्व निर्विरोध चयन गरेको छ । केन्द्रीय निर्वाचन अयोगले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध चयन भएका हुन् । २५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित १३ खुला सदस्य र नौ महिला सदस्य हुनुहुन्छ ।
यस्तै, अनुसासन आयोगको अध्यक्षमा केशबप्रसाद बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुला १३ र नौ महिला सदस्य निर्वाचित हुनुभएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा हुनुहुन्छ । उहाँ १०औँ राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्