जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १६:१३

एमाले उपाध्यक्षमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, हार्दा पनि घनश्यामले ल्याए कसैले नसोचेको मत


चितवन, मंसिर १४ । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित हुनुभएको छ । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले सर्वाधिक १९७६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत ल्याउनु भएको छ ।

तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित हुनुभएको छ । उहाँले ७२५ मत पाउनु भएको छ । एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।