जनता टाइम्स

१५ मंसिर २०७८, बुधबार १८:५९

चर्चित रेस्लर जुरेली अमेरिकी रेस्लर नेफ्रेटिरीसँग भिड्दै


काठमाडौं, १५ मंसिर । नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले अन्तर्राष्ट्रिय रेस्लिङ गर्ने भएको छ । आउँदो शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । जसमा चर्चित रेस्लर अस्मिता जुरेली भने अमेरिकी रेस्लरसँग भिड्दै हुनुहुन्छ ।

कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवति खड्का युनिकाले बताउनुभयो ।

उहाँले यस छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिड्दै हुनुहुन्छ ।

त्यस्तै भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुँने बताउनुभयो ।

कार्यक्रममा रेस्लिङ खेललाई माया गर्ने सबै दर्शकहरुलाई निमन्त्रणा समेत गर्नुभएकेो छ । खेल दिउँसो १२ बजे देखि ५ बजेसम्म हुने चर्चित रेस्लर जुरेलील जानकारी दिनुभयो ।