जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार १२:४४

बेलारुसका राष्ट्रपति अलेक्जेन्डरको दाबी : क्रिमिया हाम्रो हो


मिन्स्क, १६ मंसिर । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रसियामा गाभिएको क्रिमिया प्रायद्धीप अ‍ाफ्नो भएको दाबी गर्नुभएको छ । लुकासेन्कोले रसियाको अ‍ारअ‍ाइए नोभोस्तीसँगको अन्तर्वार्तामा क्रिमिया आफ्नो भूमि भएको दाबी गर्नुभएको हो । सन् २०१४ मा भएको जनमतसंग्रमा अधिकांशले क्रिमियालाइ रसियामा आबद्ध हुने पक्षमा मदतान गरेका थिए । तर, सो नतिजालाई किभ र पश्चिमा मुलकहरुले अस्वीकार गर्दै अ‍ाएका छन् ।

यसैबीच, लुकासेन्कोको अभिव्यक्तिपछि युक्रेनले नेटोलाई रुसी आक्रमणबाट बचाउन अनुरोध गरेको छ भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सीमामा ९४ हजार सैनिकहरू पठाएका छन् । रुसको सेना परिचालनसँगै रुसी आक्रमणको आशंका बढेको छ । बेलारुस रसियाको नजिकको मित्र हो । अधिकांश देशले अझै पनि क्रिमियालाई युक्रेनको अभिन्न अंग मान्दै आएका छन् ।