जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १३:१९

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास


भियना, १७ मंसिर । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गर्नुभएको छ । चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गर्नुभएको हो । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिनुभएको थियो ।

‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु,’ उहाँले भन्नुभयो । जीवनको नयाँ अध्याय सुरु भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उहाँले बताउनुभयो । आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उहाँले गुनासो गर्नुभयो ।

३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बन्नुभएको थियो । उहाँ सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बन्नुभएको थियो । राजनीतिबाट सन्यास लिने उहाँको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ । पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गर्नुभएको छ ।