१७ मंसिर २०७८, शुक्रबार ००:००

राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा गरे उम्मेदवारी दर्ता


काठमाडौं, १७ मंसिर । कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उहाँले बताउनुभयो । थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताउनुभयो । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुनेछ ।