जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १७:०३

‘गेट वेल सुन’ मा छाला रोग र सौन्दर्य समस्याको सम्पूर्ण उपचार, प्रसिद्ध विशेषज्ञ सेवा दिइने


जनकपुरधाम, १७ मंसिर । प्रदेश–२ को राजधानी जनकपुरधामस्थित मुरली (विद्यापति) चोकमा छाला एवं सौन्दर्यसम्बन्धी सम्पूर्ण समस्याको समाधान पाइने भएको छ । गेट वेल सुन नेपाल स्कीन एण्ड हेल्थ केयर सेन्टर मंसिर २० देखि जनकपुरधाममा सञ्चालन हुन लागेको हो । यही मंसिर २० गते बिहान १० बजेदेखि सेन्टरमा दुई विशेषज्ञ डा. प्रसन्नकुमार झा र डा. अजयकुमार झाले निःशुल्क परामर्श दिने भएको छ ।

सेन्टरमा चर्मरोग एवं सौन्दर्य समस्याको परामर्श प्रसिद्ध विशेषज्ञ डा. प्रसन्नकुमारले दिनुहुनेछ भने डा. अजयकुमारले बालरोग, ब्लड रोग र क्यान्सर रोगको परामर्श दिनुहुनेछ । उक्त दिन ल्याब र औषधीमा समेत छुटको व्यवस्था गरिएको छ । चर्मरोग, यौनरोग, कुष्ठरोग एवं सौन्दर्य विशेषज्ञ डा.प्रसन्नकुमारले काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र भारतको प्रसिद्ध विश्वविद्यालय बनारस हिन्दू विश्वविद्यालय (बी.एच.यू) भारतबाट एमडी गर्नुभएको हो । उहाँले फेलोसिप अफ एस्थेटिक मेडिसिन (फाम), जर्मनीबाट सौन्दर्य विशेषज्ञता हासिल गर्नुभएको हो ।

त्यस्तै बालरोग, ब्लड रोग र क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमारले भारतको चण्डीगढस्थित पीजीआईबाट एमबीबीएस, एमडी एवं डीएम गर्नुभएको हो । सेन्टरमा परामर्शका साथै फार्मेसी र प्याथोलोजी ल्याबको सुविधा छ । गेट वेल सुनमा चर्मरोग र सौन्दर्य समस्यामा सम्पूर्ण समाधान मिल्ने हुने सेन्टरका प्रवन्ध निर्देशक डा. प्रसन्नकुमार झाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘गेट वेल सुनमा बुटोक्स, फिलर्स, हेयर ट्रान्सप्लान्ट, लेजर, माइक्रोडर्माब्रेसन, माइक्रो निडिङका प्रविधि उपलब्ध छन् । स्कीन केयर सेन्टर प्रदेश २ मा नै पहिलोचोटि खुलेको हो । यहाँ रहेका कतिपय अत्याधुनिक प्रविधि र सेवा नेपालमै नयाँ हुन् ।’ सेन्टरमा अनुहारका दाग र धब्बा हटाउने, एसटीडी क्लिनिक, लेप्रोसी म्यानेजमेन्ट, पीआरपी, क्रेयोथेरापी, केमिकल पिल, पेडियाट्रिक्स, रगतसम्बन्धी सबै रोग, क्यान्सर उपचार पनि उपलब्ध छन् ।