जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १३:३४

क्यावात ! शैलङ : प्रधानमन्त्री रोजगार कार्यक्रममा देखियो देशकै नमुना काम


दोलखा, असार १३

दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव उल्लेख्य देखिएको छ । गाउँपालिका अध्यक्ष भरत दुलालले आफ्नो पालिकामा आएको रकम जनतामा खुसी भर्ने माध्यम बनाउने योजनाका साथ काम अघि बढाएपछि प्रधानमन्त्री रोजगारअन्तर्गत सडक निर्माण गरेर सवैका लागि प्रेरणाको स्रोत बन्नुभएको हो ।

प्रधानमन्त्री रोजगार अन्तर्गत पालिकामा आएको ३ लाख ६६ हजार रुपैयाबाट स्थानीय बेरोजगारलाई रोजगारी दिई एक सय घनमिटर सडक निर्माण गरएको हो । अहिले कार्यक्रम अन्तर्गत गालिकाको वडा नम्बर १ दुघपोखरीमा धमाधम सडकमा ढुंगा बिच्छ्याउने (सोलिङ हाल्ने) काम भइरहेको छ । मुलुकभर प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगारमा उत्साह छाइरहेको बेला शैलुङले देखाएको कामले भने सवैका लागि नमुना बनेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममाथि ब्यंग्य गर्नेहरुका लागि शैलुङको कामले गतिलो जवाफ पनि दिएको छ । ‘सही सदुपयोग होस भन्ने हाम्रो चाहना हो, त्यसैअनुसार काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हामी आफ्नो पालिकामा सवैले अनुशरण गर्न योग्य बनाउनु पर्छ भनेर सवै निर्माणमा जुटनुभएको छ,’ शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँका अनुसार संघीय सरकारले आफ्नो पालिकामा उपलब्ध गराएको सो रकमबाट दोब्बर काम कसरी गर्न सकिन्छ भनेर सवै लागेको जानकारी पनि दिनुभयो ।