जनता टाइम्स

२० मंसिर २०७८, सोमबार ०७:०९

आज शिवालयकाे दर्शन गर्नु शुभ, थाहा पाउनुहाेस् तपाईंको राशिफल


आज २०७७ मंसिर २० गते सोमवार अर्थात ६ डिसेम्बर २०२१, साेमबार । मार्गशीर्ष शुक्लपक्ष द्वितीया, तृतीया, चतुर्थीसमेत भेटेको छ । तैतिल करण, पूर्वाषाढा नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा छ । आज सूर्योदय बिहान ६ः४२ मा भएकाे छ भने सूर्यास्त साँझ ५ः१० मिनेटमा हुनेछ । बिहान ११ः३५ मा अभिजित मुहूर्त सुरु भएर १२ः३६ सम्म रहने छ ।

आज बिहान ८ः०० बजेदेखि राहूकाल सुरु भएर ९ः१९ सम्म रहनेछ । आजका देवता अग्नि र ग्रहदेव शनि छ । सोमबारका दिन बिहान र साँझ अनुकुल समयमा शिवालय यात्राको लागि शुभ मानिन्छ । अध्ययनअध्यापनका काम पनि सोमबारको दिन सुरु गर्दा शुभ हुन्छ भन्ने मान्यता रहेको छ। सोमबारका दिन कुनै कामको शुरुवात गर्दा त्यो सफल हुने भन्ने विश्वास पनि रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग परेको छ । व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट फल प्राप्ति हुनेछ । तर, मनमा निराशा छाउने छ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजका दिन मौन रहनु तपाईँका लागि शुभ मानिन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईँलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । सहयोगी भावका कारण तपाईँलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँको हानी हुनेछ । आजको दिन बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजका दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ छ । तपाईँले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयको यात्रा गरेर केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईँलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन शतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । कन्या राशिका पुरुष जातकका लागि स्त्रीबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नाता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन यात्राँ नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रशंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । चन्द्रमाको समेत साथ रहेको हुनाले सन्तानबाट सुख र स्त्रिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईँको लागि आज फलदायी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अर्थलाभ हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्राले मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन कुनै पनि शुभकर्म गर्नुभएको छ भने उत्तम हुनेछ ।