जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १६:१३

नव विवाहित जोडीलाई बुद्ध एयरको उपहार : पोखरा हनिमुनका लागि निःशुल्क दुईतर्फी टिकट


काठमाडौं, २१ मंसिर । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ ।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ ।

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभयो ।