जनता टाइम्स

१४ असार २०७६, शनिबार ०९:००

भक्तपुरमा सभामुख महराको नेतृत्वमा वृक्षरोपण


काठमाडौं, असार १४

‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउदै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुवात गरिएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । यसैक्रममा भक्तपुरमा सभामुख कृष्णबहादुर महराको नेतृत्वमा वृक्षरोपण गरिएको छ ।

राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम तथा हनुमन्ते नदी सरसफाइ अभियानको ७० औं हप्ताको अवसरमा दक्षिण बाराही सामुदायिक वनमा सभामुख महराले वृक्षारोपण गर्नुभएको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका, हनुमन्ते नदी सफाइ अभियान र दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको थियो । कार्यक्रममा भक्तपुरका सांसद महेश बस्नेतको समेत सहभागिता रहेको थियो ।