जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १३:४८

मध्यराती कस्ले गर्यो युवा संघका नेताको हत्या ?


काठमाडौं, मंसिर २२ । एमाले निकट राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजु श्रेष्ठको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट निवासी श्रेष्ठको गएराति गठ्ठाघर हुँदै बालकोट जाने फलामे पुल नजिकै शव भेटिएको छ ।

एमाले केन्द्रीय सदस्य तथा भक्तपुर २ का सांसद महेश बस्नेतले घटनाको सत्य तथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।