२२ मंसिर २०७८, बुधबार ००:००

सन्दीप सहभागी होबर्ट हुरिकेन्स टिम पराजित


काठमाडौं, २२ मंसिर । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ । यद्यपि, आज भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट( बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट लिए । आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो ।

यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे । लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही क्रममा आफ्नो पूरा चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर एक विकेट मात्र लिए ।

सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए । ड्यानले १० बलमा पाँच रन जोडेका थिए । दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्र बनाउँदा उनले ब्याटिङको मौका पाएनन् । सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ ।