जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १९:३९

भारतीय सेना प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिनसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु


काठमाडौं, २२ मंसिर । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उहाँको पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । आज भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उहाँहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ ।

हेलिकप्टरमा सवार १४ जनामध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।