एजेन्सी । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५८ जना गम्भीर घाइते भएका छन् ।
मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत छन् । गम्भीर घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी रहेको बताइएको छ । गरिबी तथा हिंसालगायत कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका जाने गरेका छन्। उनीहरु बेला बेलामा यसरी नै दुर्घटनामा पर्ने गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्