जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार १४:२२

दिक्तेलमा मानवअधिकार चोक


खोटाङ, २४ मंसिर । खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गर्नुभएको हो ।

राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको पहल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णयअनुसार जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानवअधिकार चोक घोषणा गरिएको थियो ।