काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ । आज काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो । कार्यक्रममा उहाँले आफूसहित सम्पूर्ण राजनीतिक दललाई सच्चिन पनि जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार–सरकार जस्तो छैन संसद–संसद जस्तो छैन, अदालत–अदालत जस्तो छैन् । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उहाँले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभइ नेतृत्व चयन र बिग्रिएको छबी सुधार गर्ने अवसर पनि भएको बताउनुभयो ।
मुलुकको जेठो राजनीतिक दल पूर्ण महाधिवेशनको सफलताको कामना गर्दै उहाँले २०४७ सा पछि कुनै सरकारले पूरा कार्यकाल पुरा गर्न नसक्नु र कुनै पनि दल सिंगो नरहनुको कारण खोज्नु पर्ने पनि बताउनुभयो । उहाँले थप्नुभयो,‘यस विषयमा हामी सबैले ध्यान दिनुपर्छ ।’ उहाँले देशको राजनीति लिकबाट बाहिर गएको टिप्पणी पनि गर्नुभयो । देशका तीनवटै संवैधानिक अंग लिक बाहिर गएको भन्दै नेताहरूले जनताको विश्वास गुमाएको आरोप लगाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्