जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार ०६:१०

कांग्रेसको बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस


काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् ।

उद्घाटन सकिएको केही समय पछि बन्दसत्र सुरु भएको हो । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरि अस्पताल लगेको छ ।