भोजपुर, मंसिर २५ । ऐतिहासिक बाला चतुर्दशीका अवसरमा भोजपुर जिल्ला, षडानन्द नगर पालिका स्थित षडानन्द सीताराम गुठीको आयोजनामा गुठी पक्षकेै प्राङ्गणमा डा. बद्रीविशाल पोखरेलको रोचक घोचक एकल हास्य व्यङ्ग्यात्मक कविता वाचन सम्पन्न भएको छ ।
साविक केउरेनीपानी वार्ड न. १, हाल षडानन्द नगरपालिका ७ मा जन्मिनु भएका डा. पोखरेलले एकल कविता वाचनका क्रममा जन्मभूमि र बाला गुरु षडानन्द बन्दना मुक्तक कविता भावविभोर भई सस्वर वाचन गरी वाचन सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले काठमाडौँ कोक्यायो, कागदूत, ऐना नहेर्ने गर, हिमाल, एउटा नेता भर्खर माक्र्सवादको मलाम गयो, कवि चम्रेल काठमाडौँमा बस्नुहुन्छ, मलाई मेरै जातले उठ्नै दिएन, किन अछुत ?, मेरी छोरी लगायत विविध रसस्वादका चेतनामूलक हास्य व्यङ्यात्मक कविता वाचन गर्दा श्रोता दीर्घाबाट अरु कविता वाचनको माग भइरहेको थियो ।
उक्त कार्यक्रमका विशेष अतिथि ओम षडानन्द कर्मयोग आश्रम २०७८ का अध्यक्ष ऋषिराज लुम्सालीले डा. पोखरेललाई संस्थाका तर्फबाट अभिनन्दन गर्नुभएको छ । एकल कविता वाचनमार्फत् सामाजिक तथा सांस्कृतिक जागरण गर्ने पोखरेललाई अभिनन्दन गरेको लुम्सालीले बताउनु भयो । कार्यक्रमकी प्रमुख अतिथि षडानन्द नगरपालिकाकी उपप्रमुख एरिका राईले पहिलो पटक दिङ्लामा एकल कविता वाचन रोक रुपमा सम्पन्न भएकामा खु्सी व्यक्त गर्दै यस्ता साहित्यिक गतिविधिले यस क्षेत्रलाई प्रोत्साहित गरेको हुँदा आगामी दिनमा नगरपालिका यस्ता महत्वपूर्ण विषयलाई विशेष ध्यान दिने बताउनु भयो ।


धार्मिक गुठीका अध्यक्ष हरि पितृकोटीको सभापतित्व, षडानन्द सीताराम गुठीका अध्यक्ष विशेष अतिथि कृष्णप्रसाद पौडेल प्रकाश, वरिष्ठ कवि चूडावसन्त लंसाल, वरिष्ठ पत्रकारद्वय कृष्ण विनोद लंसाल, कृष्ण अधिकारीले मन्तव्य व्यक्त गरेको कविता वाचन कार्यक्रम संक्षिप्त र सारसन्देश मूलक रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्