जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार ०९:००

एमाले केन्द्रीय कमिटी बैठकको समय सर्यो, आज ११ बजे सचिवालय बैठक


काठमाडौं, मंसिर २५ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको समय सरेको छ । केन्द्रीय कमिटी बैठक आह्वान भएकै समयमा दशौं महाधिवेशनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बोलाइएकोले समय सरेको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक बस्नेछ । तामाङका अनुसार बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्न लागेको छ । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ ।

बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा प्रारम्भिक छलफल गर्ने तयारी छ । सचिवालय बैठक ११ बजे भएको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सारिएको हो ।