जनता टाइम्स

२५ मंसिर २०७८, शनिबार ११:३०

पौडेलले उम्मेदवारी नदिने, राजनीतिबाट सन्यास पनि नलिने


काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने बताउनुभएको छ । आज (शनिबार) बिहान आफ्नै निवास बोहराटारमा बसेको आफूपक्षीय नेताहरुको बैठकपछि उनले उम्मेदवारी नदिने निर्णय गर्नुभएको हो । आफ्नो समूहबाट सभापतिको उम्मेदवार सर्वसम्मत चयन हुन नसकेपछि पौडेलले सभापति नलड्ने निर्णय गर्नुभएको हो यद्यपि, राजनीतिबाट सन्यास भने नलिने बताउनुभएको छ । यसअघि उनले सर्वसम्मत उम्मेदवार नभए राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको थियो ।