जनता टाइम्स

१४ असार २०७६, शनिबार १२:३९

भारतीय चलचित्र पुरस्कारको खर्चलाई लिएर सरकारबिरुद्ध खनिए नेकपाका नेता भीम रावल, उठाए गम्भीर प्रश्न


काठमाडौं, असार १४

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले भारतीय चलचित्र पुरस्कार (आइफा) को लागि नेपाल सरकारले खर्च गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।

भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने र र नेपालको एक अर्व भन्दा बढी खर्च हुने भन्दै रावलले आपत्ति जनाउनु भएको हो ।

‘भारतीय चलचित्र पुरस्कार आइफाको आयोजनाको लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा आश्चर्य लागेको छ,’ नेता रावलले ट्वीट गर्दै भन्नुभएको छ, ‘यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ?, नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’ ।

पछिल्लो समय रावल सरकारको हरेक बिषयमा यसैगरी आक्रामक रुपमा आलोचना गर्दै आउनु भएको छ ।