जनता टाइम्स

१४ असार २०७६, शनिबार १७:३८

अबको पन्ध्र–सोह्र दिनभित्र पार्टी एकताका बाँकी काम पुरा हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, असार १४

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका बाँकी काम नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै सम्पन्न भइसक्ने घोषणा गर्नुभएको छ । मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

‘अबको पन्ध्र–सोह्र दिनभित्र पार्टी एकताका बाँकी काम पुरा हुन्छ, नयाँ आर्थिक वर्षको सुरु भएसंगै सबै प्रकृया टुंगो लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरिरहेको र सरकारका काममा व्यस्त हुनुपर्ने भएका कारण पार्टी एकताका कामले तिब्रता पाउन नसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरे पनि प्रचार गर्न नसकेको भनाई पनि उहाँको थियो ।