जनता टाइम्स

१५ असार २०७६, आईतवार १२:१४

उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान


विराटनगर, असार १५

विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई रु पाँच लाखसहित सम्मान गर्नुभएको हो । उहाँले विराटनगर खेलकूदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउँदै खेलकूद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा विशेष उल्लेख गरेको जानकारी दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र महिला टिमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउँदै महानगरले खेलकूद नगर परिषद् गठन गरी क्रिकेट÷फुटबलतर्फ ५०/५० महिला, पुरुषतर्फ १००/१०० लाई प्रशिक्षण दिई दक्ष बनाउन आउने आर्थिक वर्षमा काम गर्ने जानकारी दिनुभयो ।