जनता टाइम्स

१ पुष २०७८, बिहीबार १२:००

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, प्रदीपले पछ्याउँदै


काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहनुभएको छ ।

उहाँहरूलाई पछ्याउनुभएको प्रदीप पौडेलले २०६ मत ल्याउनुभएको छ । यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याउनुभएको छ ।