जनता टाइम्स

१ पुष २०७८, बिहीबार १२:२९

९०० मत गन्दा गगन थापालाई ६२ प्रतिशत, विश्वप्रकाशलाई ३५७ भोट


काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याउनुभएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याउनुभएको छ भने विश्वप्रकाश शर्माले ३५७ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । उहाँहरूलाई पछ्याउनुभएको प्रदीप पौडेलले ३०० मत ल्याउनुभएको छ । यस्तै प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याउनुभएको छ ।