काठमाडौं, १ पुस । बेलायतमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । बुधबार बेलायतमा कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको बीबीसीले जनाएको छ । बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
यसअघि यसै वर्षको जनवरी ८ मा एकै दिन ६८ हजार जनामा कोरोना पुष्टि भएको थियो जतिबेला बेलायतमा लकडाउन थियो। एक पत्रकार सम्मेलनमा मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिटीले आगामी दिनमा स्थिति अझै भयावह हुन सक्ने र यो रेकर्ड पनि तोडिन सक्ने छ।
क्रिशमस नजिकिँएको भन्दै उहाँले सामाजिक दूरी र स्वास्थ्य मापदण्डलाई ख्याल गर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री बेरिस जोनसनले हरेकलाई बुस्टर लगाउन आवश्यक भएको बताउनुभयो । उहाँले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताउनुभयो । बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको डाक्टर व्हिट्टीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्