जनता टाइम्स

१ पुष २०७८, बिहीबार २१:१६

पत्रकार सम्मेलनमार्फत केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमाले


काठमाडौँ, मंसिर १ । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने भएको छ । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार भोलि शुक्रबार दिउँसो १ः३० बजे काठमाडौँको बानेश्वरमा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्न लागेको हो।

रिजालले निर्णय सार्वजनिकसँगै महासचिव शंकर पोखरेलको पहिलो पत्रकार सम्मेलन पनि रहेको बताउनुभयो । उहाँले निमन्त्रणाको सन्देशमा भन्नुभएको छ ,– महासचिवको पहिलो पत्रकार सम्मेलनमा आमन्त्रण ! नेकपा (एमाले), केन्द्रीय कमिटीको हालै सम्पन्न दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न महासचिव कमरेड शंकर पोखरेलको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध गर्दछु । २ पुस, २०७८ । दिउँसो १:३० बजे । अल्फा बिटा, बानेश्वर विष्णु रिजाल उपप्रमुख, केन्द्रीय प्रचार विभाग । ‘