जनता टाइम्स

१५ असार २०७६, आईतवार १३:३१

किमसँग बार्ता गर्न उत्तर कोरिया पुगे ट्रम्प, गैरसैन्य क्षेत्रमा हात मिलाएर दिए शान्तिको सन्देश


काठमाडौं, असार १५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन कोरियाली सीमा क्षेत्रमा वार्ताका लागि उपस्थित भएका छन । अन्तराष्ट्रिय संचारमाध्यहरुका अनुसार बार्ताका लागि कोरिया आइपुग्नुभएका अमरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमले हार्दिकता पुर्वक स्वागत गर्नुका साथै दुवै नेताले गैरसैन्य क्षेत्रमा हात मिलाएर शान्तिको सन्देश दिनुभएको छ । कोरियाली भुमीका केहीबेरमा ट्रम्प र किमबीच वार्ता हुँदैछ ।

ट्रम्प र किमबीच यो तेस्रो भेट हो । गतवर्षको जुन महिनामा ट्रम्प र किमबीच पहिलो शिखर वार्ता भएको थियो । त्यसपछि गत फेब्रुअरीमा ट्रम र किमबीच दोस्रो शिखर वार्ता भएको थियो । दुवै बार्तामा उत्तर कोरियामाथिको पूर्ण प्रतिबन्ध अमेरिकाले हटाउन नमानेपछि वार्ता असफल भएको थियो । उत्तर कोरियाले पूर्ण रुपमा क्षेप्यास्त्र निशस्त्रीकरण गर्नुपर्ने अमेरिकी भनाइ छ । उत्तर कोरियाले भने अमेरिकाले प्रतिबन्ध हटाए मात्र क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने बताएको छ । यस भेटले समस्या सुल्झाउन सहयोग पुग्ने अनुमान छ ।

शनिबार मात्र ट्रम्पले ट्वीट मार्फत् उत्तर कोरिया र दक्षिण कोरियाको सिमानामा आफूलाई उत्तर कोरियाली नेता किम भेट्न मन भएको जनाउनु भएको थियो । आइतबार नै ट्रम्पको निमन्त्रणालाई स्वीकार गरेर किम सीमास्थित गैर सैन्य क्षेत्रमा ट्रम्पलाई भेट्न आइपुगेको समाचार एजेन्सीहरुले जनाएको छ ।

आइतबारको भेट अगाडि ट्रम्पले आफूले किमलाई अमेरिका भ्रमणको निम्तो दिने बताएका थिए । आजै अमेरिकी राष्ट्रपति उत्तर कोरियाको भूमिमा पसेका थिए । ट्रम्पले उत्तर कोरियाली भूमिमा २० पाइला चालेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिको पदमै रहँदा उत्तर कोरियामा पाइला टेक्ने ट्रम्प अमेरिकी इतिहासकै पहिलो राष्ट्रपति बन्नुभएको छ ।