जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १६:४४

भ्रष्टाचारविरुद्ध खुलेआम कलम चलाउँदा १० वर्ष जेल


हानोइ, २ पुस । भ्रष्टाचारविरुद्ध कलम चलाउँदा एक अभियन्ता एवं लेखकमाथि भियतनामको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । एकदलीय कम्युनिठ राज्य भएको भियतनाम सरकारले गरेको भ्रष्टाचारविरुद्ध आलोचना गरेको आरोपमा अदालतले अभियन्ता दो नम ट्रङलाई हिजो सजाय सुनाएको हो ।

सामाजिक सञ्जालमार्फत राज्यमाथि भ्रष्टाचारको आरोप लगाउँदै राज्यविरोधी सामग्री फैलाएको आरोप दो नममाथि लागेको थियो । उहाँ जुलाई १९ मा सोहि आरोपमा पक्राउ पर्नुभएको थियो ।

सो आरोपमा उत्तरी भियतनामको पिपुल्स कोर्टले भियतनामको दण्ड संहिताको धारा ११७ अन्तर्गत १० वर्षको जेल सुनाएको हो । विभिन्न सामाजिक आन्दोलनका अगुवा बन्नुभएको दो नम पछिल्लो समय भियतनाम सरकारले गरेको भ्रष्टाचारविरुद्ध खुलेआम कलम चलाउँदै र भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै आउनुभएको थियो ।