जनता टाइम्स

१५ असार २०७६, आईतवार १४:४८

राष्ट्रपति ट्रम्पले दिए उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्ता


उत्तर कोरिया, असार १५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ । उत्तर र दक्षिण कोरिया छुट्याउने गैर सैनिक क्षेत्रमा आज भएको ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिनुभयो । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो । अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियाली भूमीमा पाइला टेकेको यो पहिलो अवसर हो ।

उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ । पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी हुनुहुन्छ । दुई नेताबीच भएको बार्ता सकारात्मक रहेका दुवै देशका अधिकारीहरुले जनाएका छन ।