काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको महिला क्लस्टरको मतगणना चलिरहेको छ । पार्टी कार्यालय सानेपामा २६०५ मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायम राख्नुभएको छ ।
उहाँले १६५० मत पाउनुभएको छ भने पुष्पा भुसालले १५५९, आरजु राणाले १४५६, अम्बिका बस्नेतले १३१० मत प्राप्त गर्नुभएको छ ।
महिला क्लस्टरमा ९ केन्द्रीय सदस्यका लागि ३० जनाबीच प्रतिस्पर्धा भएको हो । त्यस्तै मधेसी, थारु, मुस्लिम, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्यको पनि मतगणना भइरहेको छ ।
यस्तो छ पछिल्लो अपडेट : गणना २६५०मा (खुला) महिला
डिला-१६५०
पुष्पा-१५५९
आरजु-१४५६
अम्बिका-१३१०
ईश्वरी-१२९६
सरिता-११९०
रमा-१०५८
शुशिला-१०४१
रङंमती-१०२५
अनिता-९५१
जमुना-९२४













प्रतिक्रिया दिनुहोस्